दफा २४
रकम व्यवस्था गर्ने
: (१) खोप कार्यक्रमलाई दिगो रुपमा व्यवस्थापन गर्न आवश्यक पर्ने रकमको व्यवस्था नेपाल सरकारले गर्नेछ ।
(२) समितिले कोषको रकम दफा २२ को उपदफा (१) को खण्ड (ख) मा उल्लेखित काममा बाहेक अन्य कामका लागि खर्च गर्दा कम्तीमा दश करोड रुपैयाँ कोषमा मौज्दात रहने गरी खर्च गर्नु पर्नेछ ।
(३) दफा २२ को उपदफा (१) को खण्ड (ख) बमोजिमको कार्यको लागि खर्च भएको रकम नेपाल सरकारले यथाशीघ्र कोषमा सोधभर्ना गर्नेछ ।